CanadaKhabar.com

Monday, October 12, 2026 -

कांग्रेस सभापति देउवा भोलि स्वदेश फर्किने

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिवार स्वदेश फर्किने भएका छन्।

स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर पुगेका सभापति देउवा शनिबार थाई एयरलाइनसको उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देउवाले सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा पेटको उपचार गराएका हुन्।  पेट दुख्ने समस्याबाट ग्रसित देउवाले यसअघि सिंगापुरमा स्वास्थ्य जाँच गराएका थिए।

तीन वर्ष अघि सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्किएका देउवा कार्यव्यस्तताका कारण दुई वर्ष यता फलो अप चेकजाँचका लागि जान पाएका थिएनन्।
देउवा अघिल्लो गत भदौ १० गते अपरान्ह पत्नी आरजुसँगै सिंगापुर गएका हुन्।

final hamrotools

Source: http://www.annapurnapost.com/news/54834