CanadaKhabar.com

Sunday, April 20, 2025 -
  • ‘हरियो नम्बर प्लेटले गैरपर्यटक बोक्न पाउँदैन’

    काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बर प्लेटका सवारी साधनमा गैरपर्यटक बोक्न नपाइने बताएका छन् । 

    पर्यटन पत्रकार संघ (जाट) नेपालले रिपोटर्स क्लब नेपालमा आयोजना गरेको ‘फेस टु फेस’ कार्यक्रममा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी सवारीमा आवतजावत गराउनुपर्ने बताए । “निजीले पर्यटकलाई भाडामा बोक्न पाइदैन, यदि त्यस्तो भएमा कारबाही हुन्छ ।” उनले भने । 

    उनले बिहान बेलुका झोला बोकेर हिंड्ने मानिस पर्यटक नहुने भन्दै भने, “ससुराली जाँदा नि पर्यटक हुने मावली जाँदा नि पर्यटक हुने यो हुनै सक्दैन ।” विभागले छिट्टै व्यावसायिक सवारी र निजी सवारीमात्र भनेर दर्ता गर्ने व्यवस्था गर्न लागेको भन्दै त्यसपछि यी विषय अन्त्य भएर जाने उनको दाबी छ । 

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले घरबाट निस्केर गन्तव्यतर्फ जाने र केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताउँदै गन्तव्यको छवीमा नकारात्मक असर गर्ने गरि निर्णय नलिन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । 

    नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले राज्यलाई पर्यटन उद्योग नचाहिने हो भने बन्द गरिदिन आग्रह गरे । उनले भने, “यदि राम्रो सँग सञ्चालन गर्ने हो भने आवश्यक नीति लिन जरुरी छ ।”

    टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले गैर पर्यटक भनेर त्यसको मापदण्ड स्पष्ट पारिदिन सरकारसँग माग गरे ।

    नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाले सिजनका बेला हरियो प्लेटका सवारी साधनले सबै पर्यटकलाई बोक्न नसक्ने कारण निजी सवारीको समेत प्रयोग गर्नुपरेको भन्दै व्यवहारिक कठिनाइ बुझिदिन आग्रह गरे ।

     

    Source: http://www.baahrakhari.com//news-details/4697/2016-09-02