CanadaKhabar.com

Monday, October 12, 2026 -

स्रोत साधनको प्रयोग गरे युवालाई स्वदेशमा नै रोजगारी

काठमाडौं । नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले देशमा भएको स्रोतसाधनको सदुपयोग हुन सके धेरै युवालाई स्वदेशमा नै स्वरोजगार गराउन सकिने बताएका छन् ।  

६८ औँ वाणिज्य दिवसका अवसरमा युवा व्यवस्थापक सङ्घको आयोजनामा यहाँ भएको ‘दिगो आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयको अन्तक्र्रियामा नेता आचार्यले अहिलेका युवा नै आर्थिक विकास गर्न सक्षम भएको बताउँदै युवालाई देशमा स्वरोजगार हुने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय दातृ निकायलाई स्वदेशमा लगानी गर्न वातावरण सिर्जना गर्नुपर्ने बताए ।  

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले कृषि, पर्यटन जस्ता क्षेत्रमा सहभागिता युवा सहभागिता बढाउनुपर्ने बताए । रासस

Source: http://www.baahrakhari.com//news-details/4704/2016-09-02