- बाह्रखरी
- २०७३ भदौ १७ शुक्रबार १८:५४:५८
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल शुक्रबार चीन भ्रमण ससकेर स्वदेश फर्केका छन् ।
यही भदौ २ गते चीनमा भएको कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री नेपाल शुक्रबार स्वदेश फर्केका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेता नेपाल नेपाल–चाइना अन्तर्राष्ट्रिय तेक्वान्दो, नेपाल–चाइना पहिलो शान्ति तथा भ्रातृत्व सम्मेलन, नेपाल–चाइना पहिलो सांस्कृतिक उत्सव तथा वान वेल्ट वान रोडसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए । चीनको भ्रमण क्रममा नेपालले विभिन्न प्रान्तको समेत भ्रमण गरेका थिए । रासस
Source: http://www.baahrakhari.com//news-details/4703/2016-09-02