CanadaKhabar.com

Sunday, April 20, 2025 -
  • आफ्नो दलका संयोजकसँग एमालेको छलफल

    काठमाडौं नेकपा एमालेले व्यवस्थापिका–संसद् मातहतका समितिले आफ्नो काम प्रभावकारी बनाउनुपर्ने विषयमा शुक्रबार सम्बन्धित समितिमा रहेका आफ्नो दलका संयोजकसँग छलफल गरेको छ ।  

    एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका कार्यबाहक अध्यक्ष वामदेव गौतमसँग ती संयोजकबीच भएको छलफलमा हालसम्मको कामको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल भएको दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।  

    विभिन्न १२ वटा संसदीय समितिमध्ये हाल एमालेले चारओटामा सभापतिको जिम्मेवारी लिएको छ भने अन्य समितिमा रहेका आफ्ना सांसदमध्येबाट त्यस समितिसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन पार्टीले एक÷एक जना संयोजक तोकेको छ । रासस 

    Source: http://www.baahrakhari.com//news-details/4706/2016-09-02