CanadaKhabar.com

Tuesday, December 16, 2025 -

बर्खास्तपछि प्रतिबन्ध

काठमाडाैं । सरकारी रकम हिनामिना गरेको अभियोगमा बुधवार महाभियोगको प्रस्ताव पारित गरि हटाइएकी ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफलार्इ राजनीति गर्न प्रतिबन्ध लागेको छ । ब्राजिलको सर्वोच्च अदालतले यही साता गरेको निर्यणअनुसार अब रुसेफ राजनीतिमा सक्रिय हुन पाउनेछैनन् । 

रोयटरले शनिवार दिएको समाचारअनुसार सिनेटले महाभियोग लागे पनि रुसेफलार्इ राजनीति गर्ने छुट दिने प्रस्ताव पारित गरेको थियो । तर ब्राजिलको संविधानमा महाभियोग लागेपछि राजनीति गर्न नपाइने व्यवस्था छ । 

सिनेटको प्रस्ताव गैरसंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले निर्णय दिँदै रुसेफलार्इ प्रतिबन्ध लगाएको हो । 

 

Source: http://www.baahrakhari.com//news-details/4709/2016-09-03