CanadaKhabar.com

Tuesday, December 16, 2025 -

पहिरोले घर भत्कँदा ताप्लेजुङमा तीन जनाको मृत्यु, एक बेपत्ता

ताप्लेजुङ । पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका वडा नं. २ का विमला मगर उनका दुई छोरा ललित मगर र मनोज मगर रहेको जिल्ला प्रशाशन कार्यालयले जानकारी दिएको छ ।  

त्यस्तै वडा नं ८मा पहिरोले घर भत्कँदा एक महिला वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । 

पहिरोले ताप्लेजुङ नगरपालीका वडा नं. ८ दोखुमा सबैभन्दा बढी क्षति पु¥याएको छ । सो स्थानमा मात्र २० भन्दा बढि घरमा पहिरोले क्षति पु¥याएको प्रजिअ पाण्डेको भनाइ छ । “हामी प्रारम्भीक तथ्यांक संकलनमै छौँ,” पाण्डेले बाह्रखरीसँग भने, “क्षतिको यकिन विवरण आइसकेको छैन, पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि सुरक्षा निकाय परिचालित भइसकेका छन् ।”

 

Source: http://www.baahrakhari.com//news-details/4718/2016-09-03