CanadaKhabar.com

Thursday, December 26, 2024 -
  • डिप बोरिङले सिँचाइ सुविधा

    डिप बोरिङले सिँचाइ सुविधा

    फाइल तस्बिर

    विदुरः नुवाकोटमा भूमिगत जल सिँचाइ उपभोक्ता समितिमार्फत जमिनमुनिको पानी पम्पबाट तानेर खेती गर्ने डिप बोरिङ प्रविधि प्रभावकारी बन्दै गएको छ । नुवाकोटको मध्य भागमा रहेका गेर्खुटार, खानीगाउँ, जिलिङ गाविस र विदुर नगरपालिकामा भूमिगत जल सिँचाइमार्फत जमिनमुनिको पानी तानेर खेती गर्ने प्रविधि प्रयोग भइरहेको छ ।

    जिल्लामा पछिल्लो समयमा कृषिमा आधुनिकीकरणका विभिन्न प्रविधि अपनाउन थालिएको छ । कृषिका लागि अति आवश्यक सिँचाइका लागि किसानले विभिन्न उपाय अपनाएको स्थानीय विकार कोसका कार्यकारी सचिव रामहरि पाण्डेले बताए ।

    सिँचाइ विकास डिभिजन कार्यालयमार्फत नुवाकोटका १० स्थानमा आधुनिक प्रविधिको मेसिनमार्फत पानी तान्ने प्रयास गरिएकोमा आठ स्थानमा तीन इन्चदेखि चार इन्चसम्मको पाइपमा पानी निस्किएको छ ।

    गेर्खु गाउँ विकास समिति ३ का दुई स्थानमा, खानीगाउँ गाविसको लबले, विदुर नगरपालिका वडा नं. ३ र ४, जिलिङ गाविस वडा नं. १ र ३ मा जमिनमुनिको पानी तान्ने प्रविधि सफल भएको स्थानीयले बताएका छन् । अन्य दुई स्थानमा भने पानी नआएको स्थानीयले बताए ।

    सिँचाइ विकास डिभिजन कार्यालयमार्फत नुवाकोटका १० स्थानमा आधुनिक प्रविधिको मेसिनमार्फत पानी तान्ने प्रयास गरिएकोमा आठ स्थानमा तीन इन्चदेखि चार इन्चसम्मको पाइपमा पानी निस्किएको छ ।

    गेर्खुटार भूमिगत जल सिँचाइ उपभोक्ता समितिमार्फत खोला तथा नदी किनारका बस्तीमा यो प्रविधि उपयोगी बनेको स्थानीयले बताएका छन् । यो प्रविधिबाट पानी निकाल्न एक ठाउँका लागि पाँच लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

    यसका साथै विभिन्न गाविसका एक सय ५० ठाउँमा इनार खन्ने कार्य सम्पन्न भएको छ । इनार खनेर जम्मा भएको पानीबाट तरकारी खेती सफल भएको स्थानीयले बताए । जिलिङ, खड्गभन्ज्याङ, गेर्खु, विदुर नगरपालिकालगायतका क्षेत्रमा इनार खनेर सिँचाइ गर्ने प्रविधि विकास भएको छ

    final hamrotools

    Source: http://www.annapurnapost.com/news/54852