- बाह्रखरी
- २०७३ भदौ १९ आइतबार १०:४०:००
एजेन्सी । पप स्टार म्याडोनाले मरेको चितुवासँग फोटो खिचेकोमा डोनाल्ड ट्रम्पका छोरा एरिक तथा डोनाल्ठ ट्रम्प जुनियरको भत्र्सना गरेकी छन् । ५८ वर्षिय पप स्टारले इन्स्टाग्राममा पोस्ट गरेको फोटोमा अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्पका दुवै छोराहरुलाई मरेको चितुवासँग देखिएको छ । २०१२ मा जिम्बाबेको भ्रमणको समयमा उनीहरुले चितुवालाई मारेको बताइएको छ ।
आगामी अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिनटनलाई मत दिनुको यो पनि एक कारण भएको उनले बताइन् । मनोरन्जनका लागि एक जनावरको शिकार गर्नु उचित नभएको पनि म्याडोनाले बताइन् ।
Source: http://www.baahrakhari.com//news-details/4776/2016-09-04