- बाह्रखरी
- २०७३ भदौ १९ आइतबार ११:३०:३०
सिन्धुली। समाजसेवी उज्वलविक्रम थापाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दी सूचनाबाट वञ्चित भएकाले एक थान टेलिभिजन प्रदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका थापाले तीजका उपलक्ष्यमा महिला कैदीबन्दीलाई साडी, पछ्यौरा र तौलिया पनि वितरण गरे ।
जिल्ला कारागारमा महिला कैदीबन्दी राख्न भौतिक संरचना नहुँदा नहुँदै पनि गोदाम कोठामा आठ महिला कैदीबन्दी बस्दै आइरहेका छन् । उनीहरुका लागि भौतिक संरचना नभएकाले गोदामका लागि निर्माण भएको कोठामा राखिएकाले कुनै पनि सेवा सुविधा पाउन नसकेको कारागार प्रमुख मातृकाप्रसाद पहाडीले बताए ।
रासस
Source: http://www.baahrakhari.com//news-details/4786/2016-09-04