CanadaKhabar.com

Thursday, December 18, 2025 -

बेहोस भएर कैदीको मृत्यु

काठमाडौं । केन्द्रीय कारागार डिल्लीबजारमा ठगी मुद्दाको कैद भुक्तान गर्दै आएका कमवानपुरका सन्जय जरगाहाको मृत्यु भएको छ । 

केन्द्रीय कारागार डिल्लीबजारका अनुसार ठगी मुद्दाका अभियुक्त जरगाहा बिहान एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि वीर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कारागारले जनाएको छ । भक्तपुरमा पेट्रोल पम्प चलाउँदै आएका उनीलाई भक्तपुर जिल्ला अदालतले तीन हप्ता पहिला केन्द्रीय कारागार डिल्ली बजारमा पठाएको थियो । 

 

Source: http://www.baahrakhari.com//news-details/4791/2016-09-04