- बाह्रखरी
- २०७३ भदौ १९ आइतबार १३:१०:२७
एजेन्सी, न्युयोर्क । बिश्व नम्बर दुई तथा बेलायती एण्डी मर्रे अमेरिकामा जारी युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको खेलमा इटालीका जर्नीम्यान पाओलोलाई पराजित गर्दै मर्रे चौथो चरणमा पुगेका हुन् ।
न्यूयोर्क्स्थित अर्थर स्टेडियमा भएको पुरुष एकलतर्फको खेलमा बेलायती नम्बर एक मर्रेले ४० औं बरियताका पाओलोलाई ७–६, ५–७, ६–२ र ६–३ को सेटमा पराजित गरे । ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा स्वर्ण पदक जितेका २९ वर्षीय मर्रेले अब अन्तिम १६ मा ग्रिगोर दिमित्रोवसँग खेल्ने छन् ।
पुरुष एकलतर्फ नै तेस्रो बरियताका स्विस स्टानिसलास वावरिन्का चौथो चरणमा पुगेका छन् । चौथो चरणमा पुग्ने क्रममा वावरिन्काले बेलायती डान इवान्सलाई ६–४, ३–६, ७–६, ६–७ र २–६ को सेटमा पराजित गरेका हुन् ।
युएस ओपन टेनिसकै महिला एकल तर्फ विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सले किर्तिमानसहित चौथो चरणमा स्थान बनाइन । सेरेनाले स्वीडेनकी जोहान्ना लार्सनलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाएकी हुन् । यो जितसंगै सेरेनाले ग्राण्डसलामका ३ सय ७ खेल जितेर नयाँ कीर्तिमान बनाइन । सेरेनाले मार्टिना नावराटिलोभाले बनाएको महिला तर्फ मुख्य प्रतियोगितामा धेरै खेल जित्ने कीर्तिमान भंग गरेकी हुन् ।
यस्तै महिला तर्फ पाचौ बरियताकी रोमानियाकी सिमोना हालेप चौथो चरणमा पुगिन् । हालेपले हंगेरीका टिमिया बाबोसलाई ६ – १ , २ – ६ र ६ – ४ ले पराजित गरिन । अब हालेपले चौथो चरणमा स्पेनिस कार्ला स्वारेजसंग खेल्ने छिन् ।
Source: http://www.baahrakhari.com//news-details/4804/2016-09-04