CanadaKhabar.com

Tuesday, December 24, 2024 -
  • पुरुषमा नारीतत्व भर्ने चाड तीज

    महिलाहरुको महान चाड तीजलाई आनन्द, उल्लास र शान्तिको चाडका रुपमा लिइन्छ र उल्लासमय तवरबाट मनाइन्छ । पार्वतीले आफ्ना पति र छोराहरुको सुस्वास्थ्यको लागि व्रत बसेको र पूजा गरेको अवसरका रुपमा हरिताकिका तीजलाई श्रीमान छोराछोरीका रुपमा 13697129_1264317940269879_567730788828599649_nहरितालिका तीजलाई नारीहरुले श्रीमान छोराछोरीका नाममा व्रत बस्ने गर्दछन् । दरखाने दिन विशेष तीज र ऋषी पञ्चमी गरी ३ दिन विशेषतः तीज मनाइन्छ । दर खाने दिन महिलाहरु माइती, आफन्तकोमा जाने मिठा–मिठा परिकार बनाउने खाने गर्दछन् । तीजको दिन महिलाहरु भेट्ने, नाच्ने, गाउने, रंगीविरंगी वस्त्रालंकार लगाउने गर्दछन् । अन्तिम दिन अर्थात् ऋषि पञ्चमीको दिन दर खाने शुद्ध हुने दिन मानिन्छ । यसरी ३ दिने तीजको समाप्त हुन्छ । हाम्रो समाजमा र यो विश्राम र आनन्दको समयको रुपमा पनि लिइन्छ ।
    तीजलाई महिला सम्मानको पर्वको रुपमा पनि लिइन्छ । महिला सम्पूर्ण सर्जक हुन् । आमा, जीवनसंगी, सहयात्री, गुरु आदी विभिन्न रुपमा महिलाको नेतृत्व रहेको हुन्छ । महिलालाई श्रद्धा, प्रेम र करुणाको खानीको रुपमा लिइन्छ । महिलाको नेतृत्व कुशलता र व्यक्तित्वको सम्मान गर्दै यो पर्वको उदय भएको मानिन्छ ।
    महिलाको स्वभाव र व्यवहारको आत्मानुशरण गर्ने उत्तम समयको रुपमा यो पर्वलाई लिइन्छ । हाम्रा दैनिक भागदौड संगत र व्यवहारबाट हाम्रो बानी व्यवहार र व्यवसायमा असर परिरहेको हुन्छ । त्यसैले महिला तत्वको आवश्यकता पर्दछ । जस्तै श्रद्धा, प्रेम, करुणा, धैर्य, सहनशीलताजस्ता आवश्यक र नारी गुणको हाम्रो दैवी जीवनमा उत्तरोत्तर प्रगति गराउँदछ साथै जीवन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
    प्रत्येक मानवमा महिला तत्व र पुरुष तत्वको संयोजन हुन्छ । महिला तत्व प्रेम–करुणा र पुरुषतत्व साहस हिम्मत र नेतृत्वको मिलानबाट मात्रै पूर्ण मानवको जन्म हुन्छ । त्यसैले मानव विकासको पूर्ण अवस्था भनेको यी दुई तत्वको संगम हो । हामी आफ्नो भागदौड, काम–कर्तव्यबाट लोभ, क्रोध, मोह ईश्र्याजस्ता गुणहरु मात्रको विकास गरिरहेका हुन्छौं । त्यसैले परिपक्व गुणको खोज आवश्यक हुन्छ, त्यो तत्वको नाम नारीतत्व अर्थात श्रद्धा, प्रेम, करुणा हो । यही गुणहरुको सम्झना गराउन र यसैको उत्सव मनाउनको लागि महान चाड तीजको उदय भयो । जसले हाम्रो उद्यम, व्यापार, व्यवसाय, सीप र क्षमताको विकास गराउँदछ ।
    हरेक व्यक्तिको जीवन महिला तत्वले उत्सवमय, आनन्दित, सौहार्दपूर्ण बनाउनको लागि साथै आफ्नो कर्तव्यप्रति श्रद्धा, प्रेम, करुणा भर्नका लागि महान चाड तीज उत्सव मनाइन्छ । यसै महान चाडमा हामी सबैलाई नारी तत्वले भर्ने अवसर प्राप्त होस् ।
    – पुर्नवास–७, कञ्चनपुर

    Source: http://www.ratopati.com/76331/