CanadaKhabar.com

Monday, January 12, 2026 -

सुनखानीमा पहिरोले दुई घर पुरिए

राम ओली: दोलखा । दोलखाको उत्तरी गाविस सुनखानीमा पहिरो गएको छ । सुनखानी ९ सिसागोलाइमा गएराती भएको बर्षापछि पहिरो जाँदा दुई वटा पसल पुरिएको छ । पहिरोले निरबहादुर कार्की र झलकबहादुर बुढाथोकीको पसल पुरेको हो । 

आसपासका आधा दर्जन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनकुमार कुुर्मीले जानकारी दिए । पहिरोले दोलखाको उत्तरी क्षेत्र सिंगटीबाट चरिकोट र काठमाडौंका लागि छुटेका यात्रुबाहक सवारीसाधान पनि बीचबाटोमा अलपत्र परेका छन् । 

गएराती देखि परेको अविरल बर्षाका कारण जिल्लाका विभिन्न ठाँउका बस्ति तथा घर पहिरोको जोखिममा परेपछि त्यहाँका स्थानीय सुरक्षित स्थानमा पाल टाँगेर वसेका छन् । 

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिरो पन्छाइरहेका छन् । घर पूर्ण क्षति भएकाहरुलाई  दोलखा रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । 

 

Source: http://www.baahrakhari.com//news-details/4808/2016-09-04