CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • मदर टेरेसा सन्त घोषित

    काठमाडाैं । कलकत्तामा समाजसेवा गरेर नोबेल पुरस्कारबाट सम्मानित मदर टेरेर अाइतवार रोमन क्याथाेलिक चर्चकी ‘सन्त’ घाेषित भएकीछिन् । भ्याटिकन सिटीको सेन्ट पिटर स्वायरमा अायोजित समाराेहमा पोप फ्रान्सिसले हजाराैं सहभागीका सामु  सन्त  घाेषणा गरेका हुन् । उनले कलकत्ताकी टरेसा करुणाकी मूर्ति हुन् भनेका थिए ।

    मदर टेरेसाले सन् १९५२ मा  मिसिनरी अफ च्यारिटी नामको संस्था खोलेर कलकत्ताको झुप्रामा बस्ने गरिबहरू र सडकका असहाय दुःखीहरूको सेवामा जीवन अर्पण गरेकी थिइन् । सन्  १९१० मा अलबानियन परिवारमा हालको म्यासेडोनियामा जन्मेकी टेरेसाको मृत्यु १९९७ मा  भएको थियो । उनी १६ वर्षकै उमेरमा नन भएकी थिइन् ।

     

    Source: http://www.baahrakhari.com//news-details/4824/2016-09-04