CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • प्रवासमा संगठित बन्दै माओवादी

    क्यानाडाखवर संवाददाता,
    टोकियो,जापान ।
    नेकपा माओवादी केन्द्रको भात्रृ संगठन जनप्रगतिशील मोर्चा जापानको टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन हुनुभएको छ । टोकियोमा भएको एकता अधिवेशनले सर्बसम्मत रुपमा अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

    नयाँ कार्यसमिति गठनसंगै तत्कालिन एमाओबादी र माओबादीको वादल समुहबीच एकता भएको छ । एकता अधिवेशनले गोकर्ण वर्तौला, मदन थापा, शिक्षाशान्ति वाइवा र विश्व अधिकारीलाई उपाध्यक्षमा चयन गरेको छ । समितिको सचिवमा दावा शेर्पा, सह–सचिवमा शिशिर न्यौपाने र मुना सुनार, कोषाध्यक्षमा अर्जुन ढकाल चयन हुनुभएको छ ।sampurna adhikari

    एकता अधिवेशनले प्रकाश ओली, हिमाल पौडेल, सविना घिमिरे, विवेक पाठक, प्रज्वल लामा, प्रमोद दाहाल, अनिल तामाङ, रञ्जन गौतम, नविन चन्दलाई सदस्यमा चयन गरेको छ । त्यस्तै दिपक खतिवडा, किरण रम्तेल, प्रताप गुरुङ, बिनोद ढकाल, मनदास लामा, ध्रुव अधिकारी, मनोज अमगाई, रमेश यादव र बच्चुराम अर्याल पनि सदस्यमा चयन हुनु भएको छ ।

    कार्य समिति ३१ सदस्यीय हुने बताईएको छ । बाँकी ४ जना सदस्य पछि मनोनित गरीने अध्यक्षमा निर्वाचित सम्पुर्ण अधिकारीले बताउनु भएको छ । नवनिर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीले जनप्रगतिशिल मोर्चालाई जापानवासी नेपालीको साझा संगठनका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।committee-of-janapragatisil-morcha-tokyo-e1473039101231

    अधिकारीले आफु राजनितिक प्राणी भएकाले राजनितिबाट विमुख हुन नसक्ने र अब जापानबाटै पार्टीको सक्रिय राजनिति गर्ने बताउनु भएको छ । अधिकारी यसअघि अखिल क्रान्तिकारी काठमाण्डौ जिल्ला समिती उपाध्यक्ष, राजधानीमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसको इकाई कमिटिको अध्यक्ष हुँदै  बिभिन्न कमिटिमा बिद्यार्थी नेताको रुपमा काम गरेको लामो अनुभव छ । अधिकारी बुवा जनयुद्द कालमा राज्यद्वारा मारियाका थिए । पारिवारिक पृष्‍ठभुमी नै आन्दोलनबाटनै हुर्किदै आएका अधिकारी काठमाडौंका थुप्रै कजेजहरुमा बिद्यार्थी नेताको रुपमा चर्चित थिए । morcha group photo

    शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा भएको मोर्चाको टोकियो क्षेत्रीय अधिवेशनमा चिवा, साईतामा, योकोहामा, गुन्मा, तोचीगी लगायतका क्षेत्रमा बस्ने कार्यकर्ताको सहभागिता थियो । जनप्रगतिशील मोर्चाको केन्द्रिय एकता अधिवेशन यहि आउँदो १९ तारिख टोकियोमा हुने भएको छ ।