नेपालीहरु जहाँ रहे पनि आफ्नो मातृभूमी नेपाल प्रतिको सरोकार प्रमुख रुपमा रहनु अस्वाभाबिक होइन । यसै मेसोमा सरोकार नेपाल क्यानाडाको आयोजनामा ब्राम्टोन अन्तर्कृया र भेट्घाट्को कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख ब्यक्तित्व तथा अतिथी नेपालकी बरिष्ठ मानब अधिकारकर्मी र समाजसेवी डा. रेणु राजभण्डारी थिईन् । कार्यक्रममा नेपालको जल्दोबल्दो राष्ट्रिय मुद्दाहरुमा बौद्दिक बिचार र मन्थन गरिएको थियो।
डा. रेणु राजाभण्डारीले संबैधानिक पद्स्थापनाको अवसरहरु पाए पनि आफु मानब अधिकार र सामाजिक अभियन्ताकै रुपमा प्रभाबकारी योगदान दीईरहेको बताउनु भयो। भेट्घाट कार्यक्रममा बिशेष गरेर महिला हक अधिकार र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी छलफल केन्द्रित भयो।
संबिधानमा नागरिकअता एन सम्बन्धी जनजाती र मधेशी मोर्चाले उठाएको संबिधान सम्सोधनमा आफुहरुको समर्थन रहेको जानकारी गराउनु भयो। लामो समय देखिको सन्क्रमणकालिन अवस्थालाई चिर्न राजनितिक समाधानको बिकल्प छैन र शान्ती बिनाको बिकास सम्भब छैन भन्ने मतहरु जहिर भए ।
सशस्त्र द्वन्दबाट गुज्रिएको देशमा सत्यनिरुपण तथा मेलमिलाप आयोग जस्ता सँयन्त्रलाई सफल बनाइएन भने देश फेरी द्वन्द तिरै धकेलिने बिषयमा समिक्षा गरिएको थियो । नेपालको यो एतिहासिक मोड्लाई पार गर्न आग्रह, पूर्वग्रह, ब्यक्ति र पार्टी स्वार्थ भन्दा माथि उठेर त्याग गर्नु पर्छ भन्ने कुरामा सहभागीहरु गम्भिर भएका थिए।
करीब साँढे तीन घण्टा चलेको कार्यक्रममा एनआरएन क्यानडाका बर्तमान र पूर्व पदाधिकारीहरुका साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तित्वहरुको उपस्थिती थियो ।