CanadaKhabar.com

Thursday, June 11, 2026 -

अमेरिकी राष्ट्रपती ओबामाद्वारा नेपालमा ‘विशेष कार्यक्रम’ आयोजना गर्ने घोषणा

काठमाडौं ।  संसारको सबैभन्दा शक्तिशाली राष्ट्रका राष्ट्रपति बराक ओबामाले आफ्नो एक् विशेष कार्यक्रम नेपाल र लाओसमा बिस्तार गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले लाओसमा आयोजित दक्षिण एशियाली राष्ट्रिय संघको शिखर सम्मेलनमा गत मंगलबार उक्त घोषणा गरेका हुन् ।

the-first-lay-twetter‘ म र मेरी श्रीमती मिसेलको निकै नजिक रहेको विशेष कार्यक्रम ‘लेट गर्ल्स लर्न’ लाओस र नेपालमा आउँदैछ,’ ह्वाइट हाउसले जारी गरेको राष्ट्रपति ओबामाको भाषणमा उल्लेख गरिएको छ । ‘किशोरी र महिलालाई किशोर र पुरुषसरह सफलता हाँसिल गर्ने अवसर नदिएसम्म संसारको कुनै पनि देश वास्तविक रुपमा सफल हुन सक्दैन,’ उक्त रिलिजले बताएको छ ।

obamas-435अमेरिकी प्रथम महिला मिशेल ओबामाले पनि सो बारे पुष्टि गरेकी छिन् । उनले बुधबार ट्वीटरमार्फत सो कुराको जनकारी दिएकी छिन् । उनको ट्वीट यस प्रकार छ, ‘ठूलो समाचार! आज अमेरिकाका राष्ट्रपतिले ‘लेट गर्ल्स लर्न’ कार्यक्रम लाओस र नेपालमा बिस्तार गरिने घोषणा गरे ।’

‘लेट गर्ल्स लर्न’ कार्यक्रम अमेरिकी सरकारको नेतृत्वमा सन् २०१५ मा लञ्च गरिएको हो । यो कार्यक्रमले किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका विशेष चुनौतीको सम्बोधन गर्दछ ।

अहिलेसम्म यो कार्यक्रम दुई देश– मालावी र तान्जानियामा आयोजना गरिएको छ । राष्ट्रपतिको घोषणापछि यो कार्यक्रमको सुविधा लिनेमा नेपाल र लाओस पहिलो एसियाली देश हुनेछन् ।