CanadaKhabar.com

Thursday, June 11, 2026 -

ख्रीष्ट्रियन महासंघको अध्यक्षमा सिवी गहतराज निर्वाचित

काठमाडौं । राष्ट्रिय ख्रीष्ट्रियन  महासंघको अध्यक्षमा सिवी गहतराज निर्वाचित भएका छन् । महासंघको दोस्रो महाधिवेशनले गहतराजको अध्यक्षमा ३७ सदस्यी कार्य समिति चयन गरेको हो ।cristian-action

सह–अध्यक्षहरुमा फिलोमोन क्षेत्री, रीता थापा मगर, डा. सरिता थापा, राजु सुन्दास,शामूएल सोदेम्बा, तेजमान तामाङ, उपाध्यक्षहरुमा बाबुराम हिङ्गमाङ्ग, त्रिरत्न आदम तुलाधर, इन्द्र नेपाली, प्रदिप यादव, ज्ञान बहादुर सुनुवार, राजु परियार, टेकविक्रम हिताङ्ग, पदम गैरे जितेन्द्र ताम्रकार, महासचिवमा पदमनाथ पराजुली, उप महासचिवद्धयमा चन्द्रमान नेपाली, सागर बैजु, सचिवहरुमा किरण दास, उदय राज भाट, सीता सिंह, जीतबहादुर भित्राकोटी, सोमलाल दोङ, कोषाध्यक्षमा धनबहादुर थापा, सह–कोषाध्यक्षद्धय अन्ना पेडन, पूर्ण रसाइली निर्वाचित रहेका छन् ।

विहिवार राजधानीमा सम्पन्न महाधिवेशनले अध्यक्ष गतराजको अध्यक्षमा मनोनित सहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष गहतराजले महासंघ र सरकारबीच २०६८ वैशाखमा भएको ३ बुँदे र २०६९ जेठमा भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिने बताए ।

उनले भने, ‘महासंघसँग भएको सहमति कार्यान्वय गर्न सरकारलाई ध्नाकर्षण गराउछौ, सुनुवाई नभए बाँध्य भएर आन्दोलन थाल्छौ ।’ अध्यक्ष गहतराजले धर्मनिरपेक्षताको सुनिश्चिता गर्न र सबै धार्मिक समुदायलाई मान्य हुने गरी धामिर्क ऐन मार्फत धार्मिक समुदायकोहरुको मौलिलकताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।