CanadaKhabar.com

Sunday, January 11, 2026 -

रिपोटर्स क्लबका अध्यक्ष ॠषि धमला सम्मानित

काठमाडौं। पत्रकारिताको माध्यमबाट समाजमा रहेको विकृति, विसंगती हटाउनेतर्फ कलम चलाएको भन्दै पत्रकार ऋषि धमला सम्मानित भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘कोरोना नेपाल’ नामक सामाजिक संस्थाले पत्रकार धमललाई सम्मान गरेको हो ।
उक्त संस्थाले साहित्यकार व्याकुल माईला, नेपाल प्रहरीका एसएसपी विक्रमसिंह थापा, राजेश मानन्धर, सावित्री खत्री क्षेत्री, गुरु रिम्पोचे, दिलबहादुर कार्की लगायतलाई पनि आ–आफ्नो क्षेत्रबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।being-honored-555x335

सम्मानित व्यक्तिहरुलाई नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले सम्मान–पत्र प्रदान गरेका थिए ।
कोराना नेपालकी अध्यक्ष सुमित्रा नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा कुलपति सरुभक्त र ईमेज च्यानल प्रा.ली.की उपाध्यक्ष ईन्दिरा मानन्धरले आ–आफ्नो भनाई राखेका थिए ।

कुलपति सरुभक्तले कला, साहित्य, संगित र नाट्य क्षेत्रको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।