CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • नेपाली जनसम्पर्क समिती अमेरिकामा विबादै विबाद

    क्यानाडाखबर संबाददाता
    टोरोन्टो,क्यानाडा

    jana-sampark-samiti-americaनेपाली काङ्रग्रेस समर्थितहरुको संघठन नेपाली जनसम्पर्क समिति अमेरिकामा पुनः विवाद देखा परेको छ । समितिका महासचिव मुनिन्द्र नेम्वाङले सभापति गोरखबहादुर विष्टले एकतर्फी ढंगबाट समानान्तर अनुशासन विभाग गठन गरेको र भ्रष्टाचार गरेको भन्दै सभापति विष्ट, मनोनित सदस्य हृदय वेदप्रसाद खरेल र चन्द्र धिताललाई ०७३ साउन १७ गतेदेखि लागू हुने गरी निलम्बित गरिएको विज्ञप्ति जारी गरेका छन् ।
    समितिका अग्रज, सल्लाहकार, च्याप्टर सभापतिहरू र समितिका साथीहरूसँग गरिएको सल्लाहअनुसार उनीहरूलाई निलम्बन गरिको विज्ञप्तिमा जनाइएको छ । सभापति विष्टले भूकम्पपीडितका लागि उठाएको रकम अपचलन गरेको महासचिव नेम्वाङले हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “भूकम्पपीडितका लागि उठाएको सहयोग रकम लिएर वितरण गर्न स्वयं सभापति नेपाल गएको हुनाले हिनामिनामा निजकै हात रहेको र सभापतिकै निर्देशमा संस्थाको रकम अपचलन भएको छ ।”

    भूकम्पपीडितका नाममा सभापतिले गरेको खर्चका बिलहरू पनि नक्कली रहेको आरोप विज्ञप्तिमा लगाइएको छ । विज्ञप्तिमा सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिएको छ ।

    पछील्लो समय जनसंम्पर्क समिती क्यानाडाको बिबादपनी बाहिर आएको छ ।बिबाद संगै २ फरक फरक कमिटी निर्माण भएका छन् ।