CanadaKhabar.com

Sunday, January 11, 2026 -

पर्वतारोही संजय राहत लिएर प्युठानको बिकट गाउं पुगे

काठमाडौं ।
क्रितिमानी बिस्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितले बुधबार प्युठानको सबैभन्दा बाढी पहिरो प्रभावित क्षेत्र फोप्लिमा  सम्पूर्ण रुपमा क्षति भएका ६० घरपरिवारलाइ २० किलो दरले १२०० के जी  चामल वितरण गरेका छन् |संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष संजय पण्डित एबम महासचिब सुरेन्द्र पण्डित द्वारा  उक्त राहत वितरण गरिएको हो |sanjaya-pandit1

संजय प्युठान निबासी हुन् |पण्डितले आफुलाई संसार भर प्युठानले चिनाउन प्रमुख भूमिका खेलेको हुनाले ,प्युठानी जनताको पिडामा केहि भएपनि राहत  दिन सकेकोमा आफुलाई खुसि लागेको बताए |उनले भुकुम्प पिडित जस्तै बाढीपिडितलाई पनि बिसेस प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका छन् |sanjaya-pandit-5

भूकम्प पिडितहरुको घर भत्किए पनि अन्य ठाउमा घर बनाउन सकिने तर बाढी पहिरो पिडितहरुको सबै घर खेत बारी नै सखाफ भएकोले बिसेस योजना सरकारले लिएर छिट्टै गर घरमा पुग्न पनि सरकार संग जोडदार रुपमा माग गरेका छन् |पण्डित प्युठान बाट सगरमाथा लगाएत बिस्वका अन्य चर्चित हिमाल आरोहण गर्ने पहिलो नागरिक हुन् |sanjaya-pandit-rahaat

sanjaya-pandit2

sanjaya-pandit5

sanjaya-pandit3

sanjaya-pandit4