१५ सेप्टेम्बर – टोरोन्टो,क्यानाडा ।
नेपाली जनसम्पर्क समिती क्यानाडाले ‘नेपालको राजनैतिक स्थिरता तथा आर्थिक विकासका सम्भावना एवं चुनौतीहरु’ बिषयक विचार गोष्ठी गर्ने भएको छ ।
नेपाल सरकारका पूर्व मुख्यसचिब तथा अर्थविद डा. बिमलप्रसाद कोइराला बिशेष उपस्थितीमा हुने कार्यक्रममा सहभागी भईदिन जनसंपर्क समिती क्यानाडाले टोरोन्टो र आसपासमा बसोबास गर्दै आएका नेपाली समुदायलाई अपिल समेत गरेको छ ।
मिसीसागा स्थित राम मन्दिरमा यही सेप्टेम्बर २४ शनिबार,दिनको १२ बजे कार्यक्रम सुरु हुने आयोजक संस्था नेपाली जनसम्पर्क समिति क्यानाडाका महामन्त्री दिपक सापकोटाले बताए ।