CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • डक्टरी पेशा छाडेर विश्व साइकल यात्रामा दुई दाजु-भाइहरू

    क्यानाडाखबर संवाददाता
    अमेरिका ।

    बिश्व बाताबरण सम्रक्षण र एच.आइ.भी.एड्स को जनचेतना भन्ने मूल नारा का साथ् बिगत २ बर्ष देखि बैधाम-६ पोखराका डा.अमृत बराल र अजित बराल एकै घरका दुइ दाजुभाइको टोलि बिश्व साइकल यात्रामा निस्किएको छ ।

    यात्राका क्रममा विभिन्न देशमा भिन्न किसिमको अभियानको आयोजना गरेर एचआईभी / एड्स रोकथाम र पर्यावरण संरक्षण मा जागरूकता उठाउनु का साथै भ्रमात्मक बुद्ध जन्मेको देश नेपाल नै हो र हाम्रै देशमा सगरमाथा रहेकी छिन भन्दै प्रचार- प्रसार गर्नु पनि यी दुइ साइकल यात्री टोलीको विशेषता हो ।amrit
    आफ्नो गृहनगर पोखरा बाट सुरु गरेका यी दुइ साइकल यात्रीको भ्रमणले बिश्वका धेरै नागरिकहरुलाई चकित नै बनाएको छ । कुरा यात्राको मात्र होइन आफ्नो डाक्टरी पेशालाइ नै लत्याएर संसारभर वातावरण जोगाउन र एचआइभी / एड्स विरुद्धको अभियानमा सबैलाई लागि पर्न उत्प्रेरणा जगाउनु नै यात्रीको विशेषता हो ।
    नेपालको प्रयटकिय शहर पोखरा बाट सुरु भएको यात्रा हाल सम्म १६ औ देश अमेरिका आइपुगेको छ । भारत, माल्दिभ्स, श्रीलंका, बंगलादेश, म्यानमार, थाईल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, ब्रुनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, जापान र अमेरिका को क्यालिफोर्निया हुदै वासिंगटन डि.सी. भएर न्युयोर्क सम्म amrit2पुग्नेछ ।
    आफ्नो यात्राले २०२० सम्म संसारको 100 देशहरूको भ्रमण पूरा गर्ने योजना रहेको यात्राका नायक डा.अमृत बरालले बताए ।
    एशिया, युरोप, अष्ट्रेलिया, न्यूजील्याण्ड, प्रशान्त क्षेत्रहरु, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिकाका राष्ट्र हरुमा एचआईभी / एड्स रोकथाम र प्रर्यावरण संरक्षण बारे जनचेतना दिदै विभिन्न कार्यक्रम गरि सुचना प्रबाह गर्नु यात्राको मुख्य उदेस्य रहेको अर्का साइकल यात्री अजितले बताउनु भयो ।

    एचआईभी / एड्स सम्बन्धि जागरूकता र शिक्षा मार्फत सामाजिक परिबर्तनका निम्ति यात्राको समयमा विभिन्न ठाउँमा स्वास्थ्य जाँच, शिविरहरु सञ्चालन गर्दै नेपाल को राष्ट्रिय झन्डा बोकी यात्री टोलि आगाडी बढी रहेको छ ।

    ” नेपाल बाट धेरै साइकल यात्री बिश्वो यात्रामा निस्किए आ- आफ्नो नारा लाइ सबैले बढाउनु भयो,हामि एक स्वस्थाकर्मी को नाताले बिशेषत् यो अभियानलाइ रोज्न पुगेउ ,सायद हाम्रो फरकपन भनेकै यही हो l बिश्वो को इतिहास हेर्ने हो भने कुनै पनि एक डाक्टर पेशामा आबद्ध बेक्ती संसार घुम्छु भनेर साइकल यात्रामा निस्किएको सुनेको छैन,म नै पहिलो नेपाली हो l ” मलाइ एस्तो लाग्छ डा.अमृत बरालले बताए ।

    यात्रामा सबै नेपाली दाजुभाई -दिदीबहिनी हरुको माया,सदभाब ,सहयोगले नेपालको गरिमालाई बोक्न सफल रहेको र रहदै आएको मा सबैमा धन्यबाद दिदै यात्री टोलि आउदो सेप्टेम्बर २५ तारिकका दिन नेपाल फर्कने योजना रहेको डा अमृतले बताए ।