काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य उपचारका लागि शनिबार साँझ अमेरिका गएका छन् । पूर्वराष्ट्रपति यादवमा क्यान्सरको लक्षण देखिएपछि सरकारले करिब तीन करोड रुपैयाँं उपचार खर्च दिएपछि उनी शनिबार साँझ अमेरिका गएका हुन् ।
उनका छोरा सांसद चन्द्रमोहन यादवले पूर्वराष्ट्रपति डा. यादवलाई प्रोसेज (पुरुष जन्य रोग) क्यान्सरको सुरुवात भएको बताएका छन् । यादवको उपचार अमेरिकाको मेसीगनस्थित हेन्ड्री फोर्ड अस्पतालमा हुँदै छ । पारिवारिक स्रोतका अनुसार उनले लामो समय अस्पताल बस्नु पर्छ ।
उपचारका लागि पूर्वराष्ट्रपति यादव शनिबार राती ९ः३० बजे ऐतिहात्त एयरलायन्सबाट अवुधावी हुँंदै सिकागो गएका छन् ।