CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • हुलाकीको तलव २५ प्रतिशत बढ्यो

    ६ असोज, काठमाडौं । सरकारले हुलाकी (हल्कारा)हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ ।

    hulaaki-canadakhabarविहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी (हुलाकी)को तलव निजामती कर्मचारी सरह २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेको हो ।

    सरकारले नयाँ आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो तर, यो हुलाकीहरुको हकमा भने लागू भएको थिएन ।

    यसअघि ४८ सय तलब बुझ्दै आएका हुलाकीहरु अब भने ६ हजार रुपैयाँ पाउनेछन् ।