CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • रक्सीले मातेर ग्याङफाइट गर्ने ७ युवती पक्राउ : कता जांदैछ हाम्रो समाज

    मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवतीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । युवतीहरुले बुधबार राती बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाएर ग्याङफाइट गरेपछी प्रहरीले पक्राउ गरेको हो ।

    हिजो राती (बुधबार) श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङको समूह र सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षेत्रीको समूहबीच ग्याङफाइट परेको हो । सुरुमा उनीहरुले सँगै बसेर मदिरा सेवन गरेको खुल्न आएको छ ।gyang-fight-garne-7-keti-pakrau-e1474524074298

    मदिरा लाग्न थालेपछि अपशब्द बोल्दै उनीहरुले केटाको कुरा निकालेका थिए । केटाको कुरा निस्कनासाथ उनीहरुबीच ग्याङफाइट सुरु भएको बताईएको छ । मदिरा सेवन गरी एकअर्कालाई बियरका बोत्तलहरु प्रहार गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

    स्थानीय सर्वसाधारण मानिसहरुलाई त्रसित गराई अशान्त वातावरण सिर्जना गरेको भन्दै उनीहरुलाई थप आवश्यक अनुसन्धान गरी कारबाही गरिने सातदोबाटो प्रहरी चौकीका प्रमुख रामेश्वर यादवले बताउनु भएको छ । हाल उनीहरुलाई प्रहरी चौकीमै राखिएको छ ।