CanadaKhabar.com

Wednesday, May 8, 2024 -
  • कारसहित पुर्वगृहमन्त्री त्रिशुली नदिमा वेपत्ता, ३ शव भेटियो

    पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको स्कोर्पियो कार त्रिशुली नदीमा खसेर वेपत्ता भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो ।

    accdent-car-of-madhav-prasad-ghimire-e1474808139986चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले पुर्वगृहमन्त्री घिमिरे चढेको बा ९ च १५३१ नम्बरको कार त्रिशुलीमा खसेको पुष्टि गरेका छन् । कुवँरले भने  –‘पूर्वगृहमन्त्री माधव घिमिरे चढ्नुभएको कार त्रिशुलीमा खसेर वेपत्ता भएको भन्ने खुलेको छ ।’

    मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा कार त्रिशुलीमा खसेको हो । कार पाँच बजे आसपासतीर त्रिशुलीमा खसको हो । पुर्वगृहमन्त्री घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षाकर्मी आरसी कार्की र नारायणप्रसाद काफ्लेको शव फेला परेको छ ।

    दुर्घटनामा परेका घिमिरेका निजी चालक विष्णु राई भने हामफालेर बाँचेका छन् । उनलाई उपचारका लागि भरतपुर लगिएको भन्ने खबर छ । आधिकारीक पुष्टि भने भईसकेको छैन । पूर्वगृहमन्त्री सहित तीन जना अँझै बेपत्ता छन् । दुर्घटनामा परेको कार र बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ ।

    कार दुर्घटनामा वेपत्ता भएकाहरु घिमिरेका परिवारका सदस्य भएको हुनसक्ने आशंका गरिएको छ । घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री हुनुभएको थियो । उनी  नेपाल सरकारका पूर्वमुख्य सचिव समेत थिए ।