CanadaKhabar.com

Thursday, May 9, 2024 -
  • नेपाली महिलाहरुको समस्याका बिषयमा क्यानडामा रहेका नेपालीहरुबिच छलफल

    क्यानाडाखबर संबाददाता
    टोरोन्टो,क्यानाडा ।  
    पछिल्लो समय नेपालमा राष्ट्र प्रमुख देखी उच्च ओहोदामा महिलाहरुको उपस्थीती रहनु सु:खद पक्ष भएपनि त्यतिमात्रले समग्र महिलाको अवस्थामा सुधार नहरेकाले त्सुधारतर्फ लाग्नुपर्ने क्यानडामा रहेका नेपालीहरुको धारणा रहेको छ ।nrna-canada-women-team-2
    गैरआवासीय नेपाली संगठन क्यानडाको महिला तथा बालबालिका समीतीद्धारा सेप्टेम्बर २५ मा क्यानडाको ग्रेटर टोरोन्टो स्थित ब्राम्टोनमा  आयोजित नेपाली महिलाको अहिलेको अवस्था, समस्या र नेपाली सामुदायीक संघसंस्थामा महिला सहभागीता बिषयक कार्यक्रममा बोल्दै उनीहरुले सो धारण राखेका हुन् । nrna-canada-women-team-3
    कार्यक्रमकी प्रमुख अतिथी तथा आईसिसी महिला फोरमका पुर्व संयोजक तथा समाजसेवी डा. बिष्णु माया परियारले राष्ट्रको उच्च ओहोदामा महिला पुग्न  सफल हुनु राम्रो पक्ष भएको उल्लेख गर्दै अब सामाजिक संघ संस्थामा पनि महिलाको सहभागीता उल्लेख्य मात्रामा हुनुपर्ने धारणा राखिन । उनले नेपाली महिलाहरुको सहभागीताका लागी बिदेशमा रहेका महिलाहरुले कसरी योगदान गर्न सकिन्छ भन्ने सम्बन्धमा मार्ग तय गर्न यस्ता कार्यक्रम महत्वपुर्ण रहेको बताईन  । nrna-canada-women-team-4
    कार्यक्रममा महिला अधिकार विज्ञ सुगम बस्नेतले बिदेशमा रहेका नेपालीहरुले यस्ता कार्यक्रम मार्फत स्पष्ट धारणा निर्माण गरी अगाडी बढ्नु पर्नेमा जोड दिइन् ।
    एनआर एन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटा,प्रवक्ता किस्मत भन्डारी,नेपाली जनसंपर्क समिती क्यानाडाका अध्यक्ष बुद्दी ओली,र अन्य बक्ताहरुले पनि नेपालमा राज्यका बिभिन्न निकाय, सामाजिक संघ संस्थामा महिलाको सहभागीता बढाउनका लागी के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा आ-आफ्नो धारणा राखेका थिए ।nrna-canada-women-team-5 कार्यक्रममा क्यानडामा रहेका विभिन्न संघसंस्थाका प्रतिनीधीहरुको सहभागीता रहेको थियो । क्यानाडामा रहेका महिलाहरुलाई संघठित गर्दै नेपालमा महिला अधिकार सुनिस्चित गर्दै अफ्ठ्यारो र गरीबीको चपेटामा परेका महिलाहरुको  अवस्था सुधार गर्न अभियान थाल्ने आयोजक एनआरन क्यानाडा महिला तथा बालबालिका समितीकी संयोजक प्रमिला बस्नेतले बताईन । नेपालको दुर्गम ठाउंहरुमा रहेका महिलाहरुको सामाजिक बिकासमा टेवा पुराउने अभियान सहित नयाँ योजना तय गर्ने प्रतिबद्दता उनले गरिन् । nrna-canada-women-team-1