CanadaKhabar.com

Monday, December 15, 2025 -

पदयात्रामा टोरोन्टोबासी नेपाली

उत्तम मकाजु – टोरोन्टो, क्यानाडा

प्राकृतिक क्षेत्र र बाताबरण को संरक्षण मा कार्यरत संस्था  ‘टोरोन्टो एण्ड रिजन कन्जरभेसन अथोरिटी’ ले नेपाली समुदाय लाइ लक्षित गरि हालै नोबल्टन स्थित  ‘कोल्ड क्रीक’ पार्कमा पद यात्रा कार्यक्रम संचालन गरेको छ  । प्रकृति तथा बाताबरण संरक्षण एबम स्वस्थ रहन पद यात्रा को महत्व बारे जानकारी गराउने उदेश्य ले संचालन गरिएको उक्त   कार्यक्रम मा बृहत्तर टोरोन्टो क्षेत्रका नेपाली हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।walk

करिब ६ किलोमिटर लामो सो पदयात्राको पथ प्रदर्शन  सो संस्था का सामुदायिक परिचालक जेन वोमुलेट गर्नु भएको थियो भने पद यात्रा क्षेत्र का विभिन्न  बनस्पति, प्राणी हरु र बाताबरण बिषयमा जानकारी दिनु भएको थियो । साथै  पद यात्रा का सहभागीहरुले सोधेका प्रश्न हरु पनि उहाँले उत्तर दिनु भएको थियो  ।walk3

पद यात्रा पश्चात आयोजित छोटो  कार्यक्रममा संस्थाका सह निर्देशक माइक बेंदर ले कार्यक्रममा पुराना तथा नया पद यात्रीहरुको  बृहत  सहभागिता रहेकोमा खुसि ब्यक्त गर्नु को साथै यो कार्यक्रम नेपाली समुदायको तेश्रो कार्यक्रम भएको जानकारी दिनु भयो  । सामुदायिक परिचालक जेन वोमुलेट ले नेपाली समुदाय संग कार्य गर्न पाएको मा खुसि व्यक्त गर्नुको साथै आगामी कार्यक्रम बारे जानकारी गराउनु भयो । संस्थाका परिक्षण प्राबिधिक एबम पद यात्रा कार्यक्रमका संयोजक प्रदीप बाँस्कोटा ले  कार्यक्रममा सहभागिता जनाई दिनु भएकोमा सम्पुण महानुभाबहरुलाई धन्यबाद व्यक्त गर्नु भयो । उहाँको सक्रियतामा नेपाली हरुको लागि यो भन्दा पहिले पनि २ पटक पद यात्रा कार्यक्रम संचालन गरि सक्नु भएको छ ।walk2

पदयात्रा का सबै सहभागीहरुले प्रकृति र बाताबरण लाइ नजिक बाट नियाल्ने मौका पाएको र स्वास्थयको लागि राम्रो क्रियाकलाप भएको मा प्रशन्नता ब्यक्त गर्नु हुँदै नियमित रुपमा एस्तो  कार्यक्रम हुनु पर्नेमा  जोड दिनु भयो  ।

करिब ४७० एकड क्षेत्रमा फैलिएको सो पार्कमा बिभिन्न जातिका बनस्पति एबम ११० प्रजातिका चराहरुको बसोबास रहेको छ  ।साथै सो पार्कमा विद्यार्थी तथा सर्ब साधारण को  लागि शिक्षा मुलक कार्यक्रम संचालन गरि प्राकृतिक  दीगोपनको लागि सहयोग गर्दै आएको छ  ।