CanadaKhabar.com

Wednesday, May 8, 2024 -
  • नेपालमै सबै थोक सम्भब देख्ने पत्रकार प्रेम बांनिया किन भास्सिए अमेरिका ?

    गोकर्ण लामिछाने
    टोरोन्टो, क्यानाडा  ।

    पछील्लो समय नेपाली संचारमाध्यमका सकृय पत्रकार बिदेशिने क्रम बड्दो छ ।    टेलिभिजनमा खरो प्रस्तोताको रुपमा चर्चीत पत्रकार प्रेम बानियाले नेपाल छाडेका छन् । १ दशक लामो टेलिभिजन पत्रकारीतामा सक्रिय बांनिया सपरिवार अमेरीका प्रस्थान गरेका हुन् ।
    पछील्लो समय  बांनियाले  न्युज २४ टेलिभिजनमा ‘पावर न्युज’‘जय स्वाभिमान’ नामक कार्यक्रम चलाउदै आएका थिए ।pream-baniya

    उनले जय स्वाभिमानमा देशको अटुट मायाको खुबै चर्चा गर्थे । तर उनैले देश छाडेर गएपछि सबै अच्चम्मीत परेका छन् । नेपालमा पछिल्लो समय नाम कहलीएका युवा पत्रकारहरु पेशामा लामो समय टिक्न सकिरहेका छैनन् । मिडियाका सञ्चालकहरु कमाउने र कर्मचारीले तलव समेत नपाउने कयौ उदाहरण नेपालका  मिडियाहरुमा विद्यमान छ ।

    टेलिभिजन पत्रकारिता मार्फत नेपालको राष्ट्रियता र स्वाभिमान प्रती उनले जगाएको चेतना आँफैमा प्रसंसानीय छ । खरिलो र प्रस्ट बक्ता बांनियाको प्रस्तुती रहेको  कार्यक्रम निकै लोकप्रिय र ओझपूर्ण हुने गर्थे ।

    उनी प्रदेशिएको बिषयले  सामाजिक संजाल फेसबूक र ट्युटरमा निकै स्थान पाएको छ । उनले नेपाल छोड्नुको कारण भने बाहिर आउन सकेको छैन । सामाजिक संजालहरुमा यो बिषय निकै चर्चामा आएपनी बांनियाले आफु अमेरिका आउनुको कारण सार्वजनिक गरेका छैनन् ।