क्यानाडाखबर संबाददाता (टोरोन्टो,क्यानाडा १ अक्टोबर) – आईतवार सांझ ध्यान कार्यक्रम हुने भएको छ । नेपालमा ‘ओशो तपोबन’बाट दिक्षित अनुपामा बरालको पहलमा आयोजनामा हुन गईरहेको कार्यक्रममा जिटिय निवासी नेपाली समुदाय सहभागी हुन सक्नेछन् ।
क्यानडा निकै ब्यस्त शहर भएकाले प्रा:य सबै मानिसहरु कामको तनाब र थकानले शरीरिक अभ्यास गर्ने समय मिल्दैन र दिनानुदिन मानिस अस्वस्थ हुन पुग्छ प्रवासको यही समस्यालाई मध्यनजर गर्दै हरेक हप्ता ब्राम्टोन स्थित गणेश मन्दिरमा योग अभ्यास गर्ने कार्यक्रम तयार गरिएको ओशो अनुयायी अनुपमा बरालले बताईन ।
बराल नेपालको ओशोतपोबनमा झन्डै ६ वर्ष लामो योग अध्ययन सकेर क्यानाडा आएकी हुन् । साप्ताहिक रुपमा हुने भनिएको यस योग अभ्यासमा बरालले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् । आईतवार ३ बजे देखी हुने योग अभ्यासमा इच्छुक ब्यक्ती निशुल्क सहभागी हुन सक्ने बताइेएको छ ।