CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • नेपाली जनसंपर्क समिती,क्यानाडाले आफ्नो संघठनको गतिबिधिबारे तयार पारेको प्रेस नोट यस्तो छ :

    jana-sampark-samiti-aनेपाली जनसमूदायमा जानकारी !
    केहि समय अघि अफगानिस्तानको काबुल घटनाका पिडित नेपाली सुरक्षा गार्डहरुको निर्मम हत्याको सम्वन्धमा नेपाली जनसम्पर्क समिति, क्यानडाले क्यानेडियन सरकार, ओटावा स्थित विदेश मन्त्रालय लगायत अफगानिस्तान स्थित क्यानेडियन दुतावास समक्ष नेपाली जनसम्पर्क समिति, क्यानडाका संस्थापक तथा बर्तमान सभापति बुद्धि वलीको संलग्नतामा महामन्त्री एवं क्यानेडियन मामला प्रमुख दीपक मोहन भट्टराई द्धारा विशेष ध्यानाकर्षण गराई घटनामा परि ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिलाउन गरेको प्रयास लाई ध्यानमा राख्दै क्यानेडियन दूतावास अफगानिस्तानले आफ्नो भनाई लिखित रुपमा नेपाली जनसम्पर्क समितिलाई जानकारी गराएको छ । सोहि जानकारीलाई यस संथाले नेपाली जनसमुदायमा जानकारी उपयूक्त लागेकोले प्राप्त पत्रलाई संलग्न गरी जानकारी गराएका छौ । यस संथाले नेपाली समुदायको बृहत्तर हितको लागि काम गर्दै जाने जानकारी गराउदछौ ।
    काबूल घटनाका पिडितहरुको क्षतिपूर्तिको ब्यबस्था साथै नेपाली सुरक्षा गार्डहरुको बहादुरी, इमान्दारिता, मिहेनतलाई उच्च कदर गर्न अनुरोध गर्दै लब्यिंग गर्ने क्रममा सहयोग गर्नुहुने आदरणीय नेता तथा प्रधानमन्त्री जस्टिन टूडो, विदेश मन्त्रि स्टेफन दिओन, उपविदेश मन्त्रि, विदेश मन्त्रालयको साउथ एसियन डिभिजन हेर्ने उच्च अधिकारीहरु,सत्तारुढ दलका केन्द्रिय संसदहरु, लिबरल पार्टी ओफ क्यानाडा, लिबरल पार्टी का पूर्व नेता बोब रे , गुएल्फका साम्सद लोयेड लोङ्गफिल्ड, डी. सी. नेपाल डट कम लगायत सबैमा नेपाली जनसम्पर्क समिति क्यानाडा हार्दिक आभार ब्यक्त गर्दछ।
    धन्यवाद, जयनेपाल ! जय क्यानडा !
    राजु थापा
    प्रबक्ता
    नेपाली जनसम्पर्क समिति, क्यानडा