CanadaKhabar.com

Monday, May 12, 2025 -
  • क्यानडामा नेपाली जनसम्पर्क समितीको अन्तराष्ट्रिय सम्मेलन हुँदै

    क्यानाडाखबर संवाददाता
    टोरोन्टो,क्यानाडा
    नेपाली कांग्रेस समर्थक प्रवासी संघठन नेपाली जनसम्पर्क समितीले विश्वभर छरिएका  नेपाली जनसम्पर्क समितिहरुको पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन सन् २०१८ मा क्यानडाको टोरोन्टोमा गराउने निर्णय गरेको छ ।nprc-tulsi

    नेपाली जनसम्पर्क समिती क्यानाडाका सभापति तुल्सी पौडेलको अध्यक्षतामा बसेको बैठकले क्यानाडामा शिखर सम्मेलन गरी टोरोन्टो घोषणापत्र जारी गरिने नवगठित अन्तराष्ट्रिय सम्मेलनका संयोजक तुल्सी पौडेलले बताए । ‘सम्मेलनको उदेश्य नेपालका सबै राजनीतिक दलहरु, यिनका विद्यमान नेताहरु, ब्युरोक्रेट्स एबम सरोकारवालाहरुलाई नेपालको विकास र समृद्दिको लागि विश्व भरि छरिएर रहेका समितिहरुको तर्फबाट आ-आफ्नो मुलुकबाट उपलब्ध हुने श्रोत तथा साधन नेपालको आर्थिक, सामाजिक र प्राविधिक विकासमा नेपाली जनसम्पर्क समितिहरुको तर्फबाट सम्भावित सहयोगहरु जुटाउन यो सम्मेलन उन्मुख छ’ उनले भने ।
    सम्मेलनको उद्दघाटन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ  ।

     

      महामन्त्री दिपक सापकोटाद्वारा जारी प्रेस बिज्ञप्ती

    nprc-conference1