बलराम काफ्ले /क्यानाडाखबर
विन्सोर,क्यानाडा
भुटानी सांस्कृतिक संघठनद्वाराआयोजित दशै-तिहार विषेश कार्यक्रम १६ अक्टोबरमा सेर्बिअन सेन्टरमा गरिएको छ कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुती,लोक दोहोरी,देउसी भैलो,कबित वाचनका साथै आमन्त्रित अथितिहारले आफ्नो मन्तब्य राखेका थिए। संगठन दर्ता पछीको पहिलो कार्यक्रम निकै सब्य र भब्य बन्न पुगेको आयोजकको दाबी छ ।
कार्यक्रममा बोल्दै प्रमुक अतिथी बेएने हैले ले युवाहरुले सांस्कृतिक कार्यक्रममा चासो देखाएकोमा धेरै उत्साहित हुँदै क्यानाडा बहुसांस्कृतिक देश भएकाले यहाँ सबैले आ-आफ्नो संस्क्रिती संरक्षण,प्रवर्धन गर्ने कुरा धेरै राम्रो हो र यसमा सबैको साथ चाहिने कुरामा जोड दिनु भयो ।
यसरी नै विन्द्सोर पुलिस सर्भिसबाट उपस्थीत प्रतिनिधिले कार्यक्रमको प्रशंसा गर्दै युवाहरु प्रोत्साहन गर्ने प्रतिवद्द्दता ब्यक्त गरे ।
तिलचन ढुङ्गाना र प्रकाश चम्लागाइले संचालन गरेको उक्त कार्यक्रममा ७५ भन्दा जेष्ठ उमेरका बृद्द-बृद्दाहरुलाई दोसल्ला ओडाई सम्मान सहित प्रशंशापत्र हस्तान्तरण गरिएको थियो ।
यसै कार्यक्रम मार्फत भुटानी सांस्कृतिक संगठन को औपचारिक घोसण पनि गरियको थियो ।