CanadaKhabar.com

Sunday, December 14, 2025 -

क्यानाडामा मनाइयो ‘एनआरएन डे’

गोकर्ण लामिछाने – टोरोन्टो,क्यानाडा ।

एनआरएन क्यानाडाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘एनआरएन डे’ मनाएको छ । क्यानाडाको टोरोन्टोस्थित मिसिसागामा प्रवासी नेपाली भेला भएर एनआरएन डे मनाइेएको हो । पछील्लो समय संसारभर छरिदै गइरहेको  प्रवासी नेपालीहरुको अधिकारिक संघठन ‘एनआरएन’ को उद्देश्यलाई सार्थक बनाउन नेपालीहरुलाई गोलबन्द गराउंदै नेपाल र नेपालीको हितमा आफुहरु लागि पर्न तयार भएर यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएन क्यानाडाले बतायो । कार्यक्रम क्यानाडाको विभिन्न क्ष्रेत्रिय शहरहरुमा पनि एकै दिन एकै साथ गरिएको छ ।

nrna-day-canada-2016-1

नेपाल र क्यानाडा राष्ट्रिय धुन लगत्तै एनआरएन क्यानाडा महिला विभागकी संयोजक प्रमिला बस्नेतको स्वागत मन्तब्य सगैं सुरु भएको औपचारिक कार्यक्रममा  क्यानाडामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले  एनआरएनको महत्व र आवश्यकताको बिषयमा आफ्ना धारणा राख्दै नजिकिदै गरेको पर्व दिपावली र छठको शुभकामना ब्यक्त गरेका थिए ।

nrna-day-canada-2016-2

कार्यक्रमका प्रमुख अतिथी क्यानाडाका लागि नेपाली राजादुत कालीप्रसाद पोखरेलले नेपाललाई समुन्नत बनाउन प्रवासमा रहेका नेपालीहरु एकजुट हुँदै स्वदेशमा लगानी गर्न जोड दिनुपर्ने बताए । ‘बिदेशमा बनेका ब्याबसायिक,कुटनितिक  सम्बन्धहरुलाई आफ्नो राष्ट्रको हितमा प्रयोग गर्दै मुलुकलाई टेवा पुर्याउन सबैले हातेमालो गरौं।’- उनले भने । कार्यक्रममा राजदुत पोखरेल र एनआरएन क्यानाडाका पुर्व अध्यक्ष नवराज गुरुङले संयुक्त रुपमा एनआरएन क्यानाडाको नयाँ ब्यानर सार्वजनिक गरेका थिए ।

nrna-day-canada-2016-19

एनआरएन क्यानाडाका बोर्ड सदस्य तुला भट्ट्चनको पहलमा बनाइेएको ब्यानारमा एनआरएनका पुर्व अध्यक्षहरु तस्विर राखिएको छ । आग्रजहरुको सम्मानमा नेत्रित्वको सम्मान गर्दै यस्तो ब्यानर तयार पारीएको कार्यक्रम संयोजक एबम एनआरएन क्यानाडाका बोर्ड सदस्य तुला भट्टचनले बताए ।

nrna-day-canada-2016-4

बोर्ड सदस्य माधव गजुरेलले संचालन गरेको कार्यक्रममा रोशन केसी,अनुपमा बराल र आस्था अधिकारीले कलात्मक नाच प्रस्तुत गरी हलको ध्यान खिच्न सफल बनेका थिए ।

nrna-day-canada-2016-13
nrna-day-canada-2016-18

एनआरएन क्यानाडा, क्यानाडामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाबकका रुपमा दुख-सुखमा साथ दिन तयार रहेको प्रतिबद्दता ब्यक्त गर्दै एनआरएन क्यानाडा अध्यक्ष तुल्सी सापकोटाले कार्यक्रमको बिट मारेका थिए ।

nrna-day-canada-2016-21
nrna-day-canada-2016-17
nrna-day-canada-2016-9
nb-tandan
nrna-day-canada-2016-10
nrna-day-canada-2016-7
nrna-day-canada-2016-27
nrna-day-canada-2016-20

gopi-kafle-1
nrna-day-canada-2016-12
nrna-day-canada-2016-11
nrna-day-canada-2016-3
nrna-day-canada-2016-15
nrna-day-canada-2016-16

keshav-sapkota
nrna-day-canada-2016-5

< figure id=”post-105909 media-105909″ class=”align-center”>

hari-gurung
aastha-adhikari

nrna-day-canada-2016-8

nrna-day-canada-2016-14
nrna-day-canada-2016-23
nrna-day-canada-2016-26