हङकङ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ ।

भट्टराईले यो नेपालीहरुमाथिको अपमान भएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल फर्के लगत्तै यस बिषयमा चिन सरकार संग चिन्ता ब्यक्त गर्ने भट्टराई सचिवालयले बताएको छ ।
चीनमा भएको सिल्क रोडसम्पन्धी सम्मेलनममा सहभागी भएर फर्कने क्रममा एयरपोर्टमा रोकिएका भट्टराई पत्नी हिसिला यामी,स्वकिय सचिव विश्वदिप पाण्डे सहित चिन पुगेका थिए ।
