गोकर्ण लामिछाने – टोरोन्टो,क्यानाडा ।
झट्ट तलका तस्विर हेर्दा तपाईंलाई लाग्न सक्छ काठमाडौंको कुनै नेवार बस्तीमा सामुहिक पूजा हुँदैछ । वास्तविकता त्यसो नभएर क्यानाडामा रहेका नेवारी समुदायको सामुहिक म्ह पूजा हो यो ।

प्रवासमा एकै समुदायको यती ठुलो उपस्थिती हामी जो कोहीलाई पनि नौलो लाग्न सक्छ । क्यानेडियन नेवा गुठीले टोरोन्टोको ब्राम्टोन टावर हलमा आयोजना गरेको ‘सामुहिक म्ह पूजा’ (अर्थात-आङ पूजा) मा झन्डै १५० क्यानाडाबासी नेपालीहरुको उपस्थित थियो ।

सामुहिक ‘म्ह पूजा’ संगै ११३७ औं नेपाल संवतको शुभकामना आदान गर्दै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । केही बिदेशी र केही अन्य समुदायका मनिसहरु पनि पूजामा सहभागी थिए ।

प्रवासमा रहेर पनि आफ्नो संस्कृतीलाई निरन्तरता र संरक्षण गर्न सकिने नमुना स्वरुप यस्तो कार्यक्रम आयोजना गरिदै आएको आयोजकले बताएको छ ।

सन् २००५ पांच देखी निरन्तर हुँदै आएको म्ह पूजा १२ वर्ष पूरा गरेको खुशीयालीमा यो पूजालाई अर्को साल निकै बिषेश र भब्य बनाइेने आयोजक संस्था नेवा गुठीका महासचिब बिमल श्रेष्ठले बताए ।
















