क्यानाडाखबर संवाददाता – क्लालिफोर्निया
अमेरिका क्लालिफोर्नियाको सानफ्रान्सस्किो बे एरिया क्षेत्रमा बसोवास गरिरहेका नेपाली हरुले ्नमस्ते नेपाल समुह गठन गरी देउसी भैलो कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली धर्म संस्कृतिको संरक्षण, सम्वद्र्दन तथा प्रचार प्रसार तथा नेपाली नेपालीको विचमा भाइचारा अभिवृद्दि र सामाजिक सेवा मुलक कार्य गर्ने उद्देश्यले समुहको स्थापना गरिएको समुहका सदस्य राजु पाण्डेले बताए ।
समुहको पहिलो कार्य स्वरुप सानफ्रान्नसिस्को बे एरिया क्षेत्रमा रहेका नेपालीहरुका घरहरुमा मौलिक नेपाली पहीरन सहीत देउसी भैलो कार्यक्रम गरिएको उनले जनाए ।
आप्रवासीहरुको मुलुक अमेरिकामा आफ्नै संस्कृति चिनाउने हेतु आयोजित देउसी भैलीले आफुहरुलाई निकै उत्साहित बताएको पाण्डे बताए ।
नेपालीहरुका विभिन्न सांस्कृतिक पर्वहरुलाई सामुहिक रुपमा मनाउने र भोलिका दिनमा सामाजिक सेवामा अग्रसरता देखाउने समुहको लक्ष्य रहेको छ ।