CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • नेपालमा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

    सुरज भण्डारी
    पोर्टल्याण्ड(अमेरिका)

    नेपाली तेक्वान्दो खेलसग विगतदेखि नै जोडिएका हाल देश वाहिर रहेका पुर्व प्रशिक्षक तथा खेलाडीहरुले स्थापना गरेको युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन(अनटिएफ) आउदो वर्ष नेपालमा अन्तराष्ट्रिय खुला आमन्त्रण तेक्वान्दो  प्रतियोगिता आयोजना गर्ने भएको छ ।
    नेपालमा तेक्वान्दो खेलको विकास तथा विस्तार, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय मञ्जमा पुर्याउन र नेपाली खेलाडीको हितका लागि काम गर्ने उद्देश्य रहेको संस्थाको दोस्रो साधारण सभाले काठमाण्डौंमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको संस्थाका महासचिव लव गोर्खालीले जानकारी दिए ।
    राष्ट्रिय खेलकेद परिषद्का सदस्य सचिव केशव कुमार विष्टको प्रमुख आतिथ्यतामा अमेरिकाको पोर्टल्याण्ड राज्यमा भएको साधारण सभाले आउदो वर्ष देखि हरेक वर्ष एक जना प्रतिभाशाली तेक्वान्दो खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने समेत निर्णय गरेको छ ।

    An hand drawn converted vector (in calligraphic and grunge) style from series Martial Arts: TAEKWON-DO (is a Korean martial art. It combines combat and self-defense techniques with sport and exercise).
     

    विभिन्न एक दर्जन बढी देशका खेलाडी प्रतिनिधि सहभागि रहेको अन्तराष्ट्रिय आमन्त्रण मैत्रीपुर्ण तेक्वान्दो प्रतियोगिता समेत आयोजना भएको साधारण सभाको अवसरमा संस्थालाई सक्रिय वनाउन महत्वपुर्ण योगदान दिने लामो समयदेखि तेक्वान्दो खेलसग जोडिएको पुर्व तेक्वान्दो प्रशिक्षक जगनलाल श्रेष्ठ विपिनलाई राखेप सदस्य सचिव विष्ट र संस्थाका अध्यक्ष राजकुमार राइले सम्मान गर्नुभएको थियो । सो अवसरमा रिओ ओलम्पिकमा सहभागि ओलम्पियन निशा रावललाई नगदसहीत सम्मान गरिएको थियो ।

    त्यसैगरी सो अवसरमा अन्तराष्ट्रिय तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजक कमिटिकी महासचिव कारेन ब्यालेकलेजलाई सम्मानार्थ संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
    संस्थाका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा राखेप सदस्य सचिव केशव कुमार विष्ट, संस्थाका केन्द्रीय सदस्य रामचन्द्र केसी, नेपालका तेक्वान्दो पुर्व मुख्य प्रशिक्षक सन्तोष प्रधान, सगरमाथा तेक्वान्दो डोजागं युकेका अध्यक्ष राष्ट्र राई, संस्थाका युके अध्यक्ष सुन्दर गुरुग, अमेरिकाका अध्यक्ष कुमार कार्की, बोर्ड अफ डाइरेक्टर जगनलाल श्रेष्ठ, दिवाकर महर्जन, कार्यक्रम संयोजक समेत रहेका महासचिव लभ गोर्खाली लगायतले तेक्वान्दो खेल तथा संस्थाको आगामी योजनाका वारेमा धारणा राखेका थिए ।