CanadaKhabar.com

Thursday, July 23, 2026 -

आफ्नो स्वास्थ्य उपचार बारे स्वास्थ्यमन्त्री लाई सुजता कोइरालाको पत्र

सुजता कोइरालाको पत्र –

माननिय स्वास्थ्य मन्त्रि गगन थापा ज्यु,
मेरो उपचारका निम्ति हाम्रो पार्टिका अध्यक्ष शेर ब देउबाले तपाईलाई दबाब दिएको समाचार सार्बजनिक भएको छ। यस्तो अपराध मेरो अध्यक्षबाट कुनै पनि हालतमा हुँन सक्दैन।यदि यो कुरा सत्य हो भने म अध्यक्ष ज्युको यो संकिर्ण र दरिद्र मानसिकताको घोर निन्दा गर्दछु। हामी नेता भनेका समाजसेवि हौं। समाजसेविले राज्यकोषबाट जे सुकै शिर्षकमा पनि रकम लिनु भनेको अपराध हो।

sujataa-koiraalaa

तपाईले राज्यकोष बाट ठुलाबडा भनाउदा वा कसैलाई पनि उपचारका नाममा बजेट निकास नगर्ने भनि लिनु भएको अडानमा मेरो ऐक्यबद्धता छ। म यस महान अभियानको मुक्तकंण्ठले प्रषंसा गर्दछु र समर्थन गर्दछु।मलाई मेरा बा ले प्रसस्त संपति जोडि दिनु भएको छ । मलाई कसैको पनि सहयोगको खाँचो छैन । जनताले तिरेको कर र खाडिमा ४५ डिग्रिको चर्को घाममा रगत बगाएर पठाएको रेमिटेन्सबाट मैले आफ्नो उपचारका लागि सहयोग लिनु भनेको मैले जनताको भाग खोस्नु हो र जनताको आँचि खानु सरह हो।
मन्त्रि ज्यु,
म आफ्नै सम्पत्तीले उपचार गराउछु,यदि उपचार गराउदा गराउदै मेरो सम्पत्ती  सकिएछ भने आफ्ना सहयोगि र सिभेक्षुकहरु संग सहयोग माग्ने छु।तर राज्यको ढिकुटीबाट एक सुका पनि लिने छैन। कुनै पनि शक्ति संग नझुकि जनताको हितमा काम गर्नुस,स्वास्थ्य मन्त्रालयको फोहर सफा गर्नुस ,मेरो पुर्ण समर्थन छ।
जय नेपाल।
गिरिजा प्रसादकि छोरि
म सुजता ।