क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा
टोरन्टो ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा क्यानाडामा रहेका नेपाली खेलाडीबाट संचालित एभरेस्ट तेक्वान्दो एकेडेमीको टिमले पुम्से र स्पाईरिङ गरि ३ स्वर्ण ५ रजत र ४ कास्य पदक गरी कुल १२ पदक जित्न सफल भएको छ ।
एभरेस्टको तर्फबाट सहभागी भएका साहिल थापाले स्पाईरिङ तर्फ- स्वर्ण तथा पुम्सेतर्फ रजत,प्रसान्त कडेलले पुम्से तर्फ-स्वर्ण तथा स्पाईरिङ तर्फ रजत,सन्तोष भुसालले स्पाईरिङ तर्फ-रजत, तथा पुम्से तर्फ रजत, आर्यन पटेलले पुम्से तर्फ-स्वर्ण तथा स्पाईरिङ तर्फ रजत,दिलान पटेल पुम्से तर्फ-कास्य तथा स्पाईरिङ तर्फ रजत,अल्बी लिमामीले पुम्से तर्फ-कास्य तथा स्पाईरिङ तर्फ कास्य र अद्रियन लिमामीले पुम्से तर्फ-कास्य पदक जित्न सफल भएका छन् ।

टोरन्टोको स्कार्बोरो स्थित भेराइती भिलेज को बिशाल हलमा नोभेम्बर १२ र १३ तारिख सन्चालन भएको यस प्रतियोगितामा क्यानाडा,अ्मेरिका तथा अन्य देश का गरी झन्डै ८०० खेलाडी सहभागी भएको कुरा एभरेश्ट तेक्वान्दो एकेडेमीका संचालक एबम अन्तराष्ट्रिय रेफ्री धिरेन्द्र शाहीले बताए ।

प्रतियोगितामा एभरेष्टकातर्फ बाट टिम ब्यबस्थापकमा लिला शाही टिम कोचमा मास्टर धिरेन्द्र शाही एबम मास्टर यादब कुवरले सहभागीता जनाएका थिए । योङ चोङ तेक्वान्दो एकेडेमी द्वारा हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता क्यानाडा कै सबै भन्दा ठुलो प्रतियोगितामा गनिन्छ ।
