राजु थापा
नेपालको राजनितिका वरिष्ठ प्रजातन्त्रवादी नेता, क्रान्तिका नायक, जनआन्दोलनका सर्बोच्च कमान्डर, सर्वमान्य नेता एवम् लौह पुरुष फादर अफ डेमोक्रेसी वीर गणेशमान सिहको १०२औं जन्मजयन्तिको अवसरमा वहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गरि भब्य रुपमा नेपाली जनसम्पर्क समिति, क्यानडाले नोभेम्बर ८ मंगलवार ग्रेटर टोरोन्टोको ब्राम्पटन शहरमा जन्मजयन्ती मनाएको छ ।

कार्यक्रममा जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष्य सुरेन्द्र खड्काले स्व.गणेशमान सिंहको बृष्तृत जानकारी गराएका थिए भने अन्य बक्ताहरुले स्व.गणेशमानको जस्तो त्यागि नेताको देशमा खाचों रहेको चर्चा गरेका थिए । सिए सरद पौडेलले स्व.गणेशमान सिंहको कमाण्डरमा प्रजातन्त्रको प्राप्ति पछि हामिले लोकतन्त्र समेत अनुभब गरेको अवस्थामा अवका नयां पुस्तालाई पनि उहांको बारेमा शिक्षा दिनु पर्नेमा जोड दिए । कार्यक्रमका अतिथि तथा एनआरएन क्यानडाका महिला बालबालीका विभाग संयोजक प्रमिला बस्नेतले स्व.गणेशमान सिंहको हरेक मार्गदर्शनलाई सवै क्षेत्रले लागु गरेमात्र उहांको सच्चा सम्मान हुने कुरामा जोड दिएकी थिईन ।
नेपाली जनसम्मर्क समिति, क्यानडाका संथापक तथा बर्तमान सभापति बुद्धि प्रकाश वलीले उहांको त्याग र तपस्यालेनै नेपाली कांग्रेस पार्टि आजको अबस्थामा रहेको र त्यसलाई कायम राख्ने जिम्मा हामि सवै कार्यकर्ता र अनुयायीहरुको कांधमा भएकोले फुटेर हैन जुटेर मात्र उहाप्रति सच्चा सम्मान हुने हुनाले असन्तुष्ट साथीहरुलाई एक भै अगाडी बढ्न आह्वान गरेको छ । नेपाली जनसम्पर्क समिति, क्यानडाका प्रवक्ता राजु थापा बाट आफ्ना अमूल्य समय दिई उपस्थित हुनुभै कार्यक्रम सफल पारिदिनुहुने सबैमा धन्यवाद ग्यापन गरेका थिए । एभरेष्ट तेक्वान्दो एकेडेमिका धिरेन्द्र शाहीले हल उपलब्ध गराएका थिए । सहमहामन्त्री सुरेश रजौरेले संचालन गरेको उक्त कार्यक्रम बुद्धि प्रकाश वलीको सभापतित्वमा सम्पन्न भएको थियो ।