मंसिर, काठमाडौं । भारतले भार पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर सीमावर्ती वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि परेको छ ।
अहिले विरगन्जमा वैवाहिक समारोहमा दानदक्षिण, सगुन तथा उपहार, दाइजो समेत बेहुली पक्षले चेक दिन थालेका आजको अन्नपूर्णमा समाचार छ ।

बुधबार वीरगन्जको होटल सुरजमा आयोजित वैवाहिक टीकाटालो समारोहमा भारत झारखण्डका बेहुली पक्षले बेहुलालाई ‘सगुन’ को रकमवापत चेक दिए ।
डा. प्राची यादव र वीरगन्ज मनियारीका डा. नीरज यादववीचको टीकाटालोमा देखिएको दृश्य हो यो ।