CanadaKhabar.com

Friday, May 3, 2024 -
  • अमेरिकामा भएको स्कूल बस दुर्घटनामा छ बालबालिकाको मृत्यु

    एजेन्सी ।

    टेनेसी – संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यस्थित चाटानुगामा भएको बस दुर्घटनामा कम्तिमा ६ बालबालिकाको निधन भएको छ भने दुई दर्जन घाइते भएका छन् ।

    ५ देखि १० वर्षका स्कूले बालबालिका बोकेको बस सोमबार स्थानीय समयअनुसार साँझ ४ बजे दुर्घटना भएको थियो ।
    दुर्घटनापछि सार्वजनिक भएको तस्विरमा एउटा रुखको बीचमा बस पल्टेर अड्किएको र बसको छत दुई टुक्रा भएको देखिएको छ ।

    tenis

    चाटानुगा प्रहरीका अनुसार बस तीव्र गतिमा भएको कारण दुर्घटना भएको हुन सक्ने बताएको छ । ‘बसको गति यस दुर्घटनाको मुख्य कारण हुन सक्ने भएकोले त्यसबारेमा अध्ययन भइरहेको छ,’ प्रहरी प्रमुख फ्रेड फ्लेचरले बताए ।

    अनुन्धानकर्ताका अनुसार बसले पहिले पोलमा ठोक्किएर नियन्त्रण गुमाएर रुखमा ठोक्किन पुगेको बताएका छन् ।

    दुर्घटनामा ड्राइभर भने सुरक्षित रहेको उनीसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
    ५ जनाको घटनास्थलमा नै निधन भएको र एक जनाको उपचारको क्रममा निधन भएको बताइएको छ ।

    चटागुना फायर डिपार्टमेन्टका अनुसार बसमा ३५ जना बालबालिका सवार थिए जसमध्ये २३ जनालाई अस्पताल लगिएको छ ।