CanadaKhabar.com

Friday, May 3, 2024 -
  • ओली फकाउन प्रचण्ड विफल

    १० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामेल नहुेन निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् ।

    kp_oli-prachand

    एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ताअघिको अन्तिम भनिएको छलफलमा पनि दाहाल सहमति जुटाउन सफल भएनन् ।

    सहमतिका लागि संशोधन विधेयक संसदमा दर्तापछि पनि प्रयास जारी राख्ने उनको योजना छ ।  नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकार संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारीमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

    एमालेका भीम रावल र वामदेव गौतम तथा माओवादीका उपप्रधान तथा अर्थमनत्री कृष्णबहादुर महरासहित बिहीबार भएको छलफलमा दाहालले ओलीलाई संशोधनमा सहमति जनाउन पटकपटक आग्रह गरेका थिए ।