CanadaKhabar.com

Friday, May 3, 2024 -
  • पहिचान स्थापित गर्दै मनकामनाको सुन्तला

    गोरखा ।

    orange-ministery

    गोरखा मनकामनाको सुन्तलाले आफनो पहिचान स्थापित गर्ने कामको थालनी गरेको छ । सनिवार साना किसान सहकारी र ढाडबारी कृषि सहकारीको संयुक्त आयोजनामा एक कार्यक्रमको बीच कृषि राज्यमन्त्री राधिका तामाङले मनकामनाको स्टिकर टाँसेर यस कार्यको उद्घाटन गरेकी हुन । सुन्तला र क्रेटमा स्टिकर टाँस्दै मन्त्री तामाङले आफ्नो पहिचान स्थापित गर्न सफल भएकोमा सुन्तला किसानलाई बधाई दिंदै आगामि दिनमा अझ गुणस्तरिय सुन्तला उत्पादन गर्न सुझाव दिनुभयो ।
    यसै गरी गोरखा ताङलीचोकमा दुई दिने सुन्तला महोत्सव सूरु भएको छ । श्री सुन्तला उत्पादक कृषि सहकारी संस्था लि. ले स्थानीय किसानबाट उत्पादित सुन्तलाको बजार प्रवद्र्धन गर्ने हेतुले आयोजित उक्त महोत्सवको उद्घटन कृषि राज्यमन्त्री राधिका तामाङले गर्नुभएको थियो । महोत्सव उद्घाटन गर्दै राज्य मन्त्री तामाङले सुन्तला उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सुन्तला पकेट, ब्लक र जोनको रुपमा विकास गर्दै बजारीकरणमा विशेष व्यवस्था गर्न लागेको बताउनु भयो । यसका लागि किसानहरुले थप उत्साहका साथ यस परियोजना सफल पार्न सहयोग गर्न समेत आग्रह गर्नुभयो ।