CanadaKhabar.com

Friday, May 3, 2024 -
  • अन्तरास्ट्रिय भिडियो प्रतियोगितामा नेपाली युवाहरु

    रोशन घिमिरे (क्यानाडाखबर ) – काठमाडौं ।

    नेपाली युवाहरुले बेला बखतमा विभिन्न अन्तरास्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गरेर देशको नाम चम्काउदै आएका छन्।  यो वर्ष बेलायतबाट संचालन भैराखेको tve biomovies को भिडियो प्रतियोगितामा २ नेपाली युवाहरु अन्तिम चरणमा पुगेका छन्।

    विभिन्न विधामा संसारभरबाट माग गरिने कन्सेप्टहरुबाट प्रत्येक विधामा उत्क्रिस्ट ३ कन्सेप्टलाई मनोनित गरेर  भिडिओ बनाउन लगाइने उक्त प्रतियोगितामा नेपाली युवाहरु दुइ भिन्न विधामा अन्तिम चरणमा पुगेका हुन्।  उक्त प्रतियोगीता जित्नका लागि उनीहरुको भिडिओ यू-ट्युबमा सबै भन्दा धेरै पटक हेरिनु पर्दछ।

    नेपाल जैविक विविधतामा धनी भएको र संसारभरका मान्छेलाई नेपाल घुम्न आउन आग्रह गर्दै सुरु गरिएका उक्त भिडिओहरु छोटो (१ मिनेट) भएकाले बुझ्न अलि कठिन छन्। त्यसो भएतापनि बुझिसकेपछि चाहि ति भिडिओहरु रोचक लाग्दछन।