क्यानाडाखबर संबाददाता
टोरोन्टो,क्यानाडा ।
एनआरएन क्यानाडा महिला तथा बालबालिका समितीको आयोजनामा क्यान्सर सम्बधी जनचेतना मुलक गोष्ठी क्यानाडाको मिसिसागामा गरिएको छ । समितीकी संयोजक प्रमिला बस्नेतको पहलमा सम्पन्न यो कार्यक्रम क्यानेडियन क्यान्सर सोसाइटीको सहकार्यमा गरिएको हो ।

महिलाहरुलाई भईरहने स्तन क्यान्सर, केर्विकल , कोलोन क्यान्सर बारे जानकारीमुलक सामाग्रीहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । क्यान्सर सम्बन्धी विज्ञ डाक्टरहरुको सुझाव,जानकारी मनन गर्दै स्वास्थ्यको महत्व र रोगहरुबाट टाढा रहन सहयोग पुगोस भनेर उप्रेरणामुलक कार्यक्रम आयोजना गरिएको प्रमिला बस्नेत बताउछिन् ।
कार्यक्रममा स्वास्थ्य सम्बन्धी चासो राख्ने सरोकारवाला, ब्राम्टोन मिसिसागामा बस्दै आएका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिती थियो ।
