CanadaKhabar.com

Friday, May 17, 2024 -
  • गच्छदारको कार्यक्रममा गोली चल्यो

    २१ मंसिर, बनेपा । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा सोमबार मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । goli chalyo

    mp5-sub-machine-gun2

    मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका डिएसपी नवीनराज राईले जानकारी दिए ।

    ‘कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नुपरेको प्रनाउ राईले बताए । भीडबाट नियन्त्रणमा लिएका दुई युवा पनि भागेको बताइएको छ । सो गाविसमा फोरम लोकतान्त्रिकको पार्टी प्रवेश कार्यक्रम थियो ।

    घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो । प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुई युवाको खोजी कार्य जारी रहेको जनाइएको छ ।